काठमाडौं- काठमाडौं उपत्यकामा बिहीबारदेखि राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ।
मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञा भदौ ८ गतेसम्म थप गर्दै राति ८ बजेपछि सबै प्रकारका सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेको हो।
अत्यावश्यक सेवाका सवारी भने सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सूचना अधिकारी कल्पना घिमिरेले बताइन्।
यसअघि थपिएको निषेधाज्ञा भोलि बुधबार रातिदेखि सकिँदैथियो। कोरोना महामारी बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।