काठमाडौं– सोमबार काठमाडौंमा ३९ हजारभन्दा बढीले कोभिसिल्डको दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाएका छन्।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौंका विभिन्न खोप केन्द्रआट सोमबार ३९ हजार ३१९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
काठमाडौंमा कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब ८३ हजार २७ जनालाई लक्षित गरेर खोप अभियान संचालन भएको छ।
खोप अभियानको पहिलो दिन सोमबार नै ४७ दशमलब ३६ प्रतिशतले खोपको दोस्रो मात्रा लगाएको स्वास्थ्य कार्यालयका प्रमुख खड्काले जानकारी दिए।
काठमाडौंमा मंगलबार पनि खोप अभियान जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।