काठमाडौं– भारतले कोभिड–१९ विरुद्धको कोभाक्सिन उत्पादन बढाउने भएको छ।
भारतले आफैँ उत्पादन थालेको कोरोनाविरूद्धको कोभाक्सिनको उत्पादन यही अगष्टदेखि वृद्धि गर्ने तयारी गरिएको सरकारी अधिकारीले जनाएका छन्।
यो निर्णयसँगै अब प्रतिमहिना छ देखि सात करोड डोजसम्म खोप उत्पादन हुने जनाइएको छ।
गत अप्रिल महिनामा एक करोड डोज कोभाक्सिन खोप उत्पादन भइसकेको छ।
कोभाक्सिन उत्पादनकर्ता भारत बायोटेकले आगामी सेप्टेम्बरदेखि प्रतिमहिना १० करोड डोज खोप उत्पादन गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।