काठमाडौं– शनिबार १३ हजार ५७३ जनाको कोरोना परीक्षण गर्दा तीन हजार २१८ जनामा संक्रमण पुष्टि भयो। तीमध्ये २१ देखि ४० वर्ष उमेर समूहका १ हजार ९९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार संक्रमण पुष्टि भएकामध्ये २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी ५७७ जना रहेका छन्।
मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका ४९९ जना संक्रमित भएका छन्।
त्यसैगरी, १० वर्षमुनिका ६१ जना र ११ देखि २० वर्षमुनिका २०१ जनामा संक्रमण पुष्टि भएको छ।
उमेर समूहअनुसार संक्रमित पुष्टि भएकामध्ये ४१ देखि ५० वर्ष उमेर समूहका ३५७ जना, ५१ देखि ६० वर्ष उमेर समूहका २६१, ६१ देखि ७० वर्ष उमेर समूहका १४६, ७१ देखि ८० वर्ष उमेर समूहका ८७ र ८० वर्षमाथिका ४० जना छन्।
त्यसैगरी उमेर नखुलेका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।