काठमाडौं- काठमाडौंमा शनिबार ५४ हजार ३४३ जनाले भेरोसेल खोपकाे दोस्रो मात्रा लगाएका छन्।
काठमाडौं २२ गतेदेखि भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। शुक्रबार ६८ हजार १३ जनाले खोप लगाएका थिए। शनिबार र शुक्रबार गरी एक लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा खोप लगाएको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काले बताए।
गत असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएका ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई शुक्रबारदेखि दाेस्राे मात्रा दिइएको थियो।
काठमाडौंमा एक लाख ६५ हजार जनालाई खोपको दोस्रो मात्रा लगाउने लक्ष्य रहेको छ।
खोपका लागि ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।