काठमाडौं- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५७३ जनामा कोरोनाको संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार विभिन्न अस्पतालहरुमा गरिएको पीसीआर र एण्टिजेन नमूना परीक्षणमा ५७३ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये २८५ महिला र २८८ जना पुरुष रहेका छन्।
पछिल्लो २४ घण्टामा कास्की १८३, बागलुङ ५४, स्याङ्जा १४, म्याग्दी २४ र पर्वतमा २ संक्रमित थपिएका छन्। यस्तै, गोरखा १०९, लमजुङ २७ तनहुँमा ९६ र नवलपुरमा ६४ जनामा संक्रमण देखिएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ७१ हजार ५४१ पुगेको छ।
यस्तै, विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १२८ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।