काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आग्रह गरेको छ।
जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गरी खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न मन्त्रालयले आग्रह गरेको हो।
खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा स्वयंसेवकहरु परिचालन गरेर भएपनि सर्वसाधारणलाई सहज हुने व्यवस्था मिलाउन मन्त्रालयको अपिल छ।
मन्त्रालयले जारी गरेको अपिलमा भनिएको छ, ‘हाल चलिरहेका र सुरु हुने अभियानहरुमा ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरुलाई सहज हुने गरी व्यवस्थापन गर्नुहुन सम्पूर्ण जिल्ला खोप समन्वय समिति, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय निकाय र सबै सरोकारवालाहरुलाई अनुरोध छ।’
खोप आपूर्ति बढाउँदै केन्द्रहरु विस्तार गरेपनि खोप केन्द्रहरुमा हुने भीड व्यवस्थापन गर्न नसकिएको मन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।