फाइल तस्वीर
काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ६८ हजार १३ जनाले कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन्।
गत असार २९ गतेदेखि भेरोसेलको पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो मात्रा दिन थालिएको हो। सो खोप अभियानमा ५५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई पहिलो मात्रा दिइएको थियो।
पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई दोस्रो मात्रा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
खोपका लागि ५५ वर्षमाथिका उमेर समूह, अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।