काठमाडौं– नेपालमा थप ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शुक्रबार ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी ९ हजार ४९३ जना आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको हो। पीसीआर परीक्षणबाट २ हजार ४३० जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा ६ हजार १८२ जनाएको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार २९९ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।