काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरि ७०१ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार भक्तपुरमा ८३ जना, ललितपुरमा १४७ र काठमाडौंमा ४७१ गरि कुल ७०१ जनामा संक्रमण पुष्टि भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।