काठमाडौं– चीनले विश्वका विभिन्न देशलाई कम्तीमा पनि २ अर्ब डोज कोरोना विरुद्धको खोप सहयोगको रुपमा उपलब्ध गराउने भएको छ। चीनले सन् २०२१ भित्रै विश्वका विभिन्न देशलाई २ अर्ब डोज खोप उपलब्ध गराउने भएकको हो।
चीनले यो वर्षको अन्तिमसम्ममा कोभ्याक्स कार्यक्रममा पनि १ करोड अमेरिकी डलर सहयोग गर्ने बताएको छ। चीनका राष्ट्रपति सी चिनफिङले यस्तो घोषणा गरेका हुन्।
राष्ट्रपति सीले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताए। आगामी दिनमा कोभिड विरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने सीको भनाइ थियो।
कोभिड–१९ को अपरेशन फोरमको बिहीबारको बैठकमा राष्ट्रपति सीले यो सन्देश पठाएका हुन्।
राष्ट्रपति सीले कोभ्याक्सअन्तर्गत दिइएको १ करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि दिएका छन्। चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने सीको भनाइ छ।
विश्व यो महामारीबाट आक्रान्त भएकाले यसका विरुद्धमा विश्व नै एक भएर लड्नुपर्ने भन्दै चीन महामारी विरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको राष्ट्रपति सीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।