काठमाडौं - भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनका खोप आज नेपाल आइपुग्दै छ।
बिहान साढे नौ बजे खोप त्रिभुवन विमानस्थल आइपुग्ने स्वास्थ्य सेवा विभागले बताएको छ। उक्त खाेप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइनेछ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।
भुटानले आफ्नो देशका सबै नागरिकलाई लगाइसकेपछि उब्रिएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका नेपाललाई दिन लागेको हो। एस्ट्राजेनेका र कोभिसिल्ड एउटै प्रकृतिका खोप हुन्।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा ९ लाखभन्दा बढी डोज खोप प्राप्त गरेको थियो।
भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने भएको हो।
भारतले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएपछि नेपालमा गत माघबाट खोप अभियान सुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।