फाइल तस्वीर
काठमाडौं- जापान सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको ८ लाख डोज खोप आइतबारसम्म काठमाडौं आइपुग्ने भएको छ।
काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप काठमाडौं शनिबार र आइतबार आइपुग्ने उल्लेख गरेको हो।
बाँकी खोप भने उपयुक्त समयमा पठाउने दूतावासले जनाएको छ।
गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधामार्फत् नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।