काठमाडौं- शुक्रबारदेखि काठमाडौं जिल्लामा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ।
स्वास्थ्य कार्यलय काठमाडौंले बुधबार एक सूचना जारी गर्दै भीडभाड नगरी खोप लगाउने कार्यक्रम साउन २४ गतेसम्म सञ्चालन गर्न आफू मातहतका निकायलाई निर्देशन दिएको हो। विभागका अनुसार काठमाडौं जिल्लामा मात्र १४७ वटा खोप केन्द्र तोकिएको छ।
पहिलो मात्रा लगाएको २१ दिन पुरा भएको, ५५ वर्ष वा सोभन्दा माथिल्लो उमेर समूहका सबै नागरिक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, कर्मचारी, शिक्षक, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका मुलुकमा जाने श्रमिकले दोस्रो मात्र लगाउन पाउनेछन्।
दोस्रो मात्रको खोप लगाउन जाँदा पहिलो मात्रा लगाउँदाको कार्ड, विद्युतीय दर्ता गर्दाको प्रिन्ट तथा फोटोसहितको नम्बर अनिवार्य देखाउनु पर्नेछ।
काठमाडौं महानगरपालिकामा अत्यावश्यक सेवामा कार्यरतहरुका लागि राधास्वामी आइसोलेसन, सशस्त्र प्रहरी, वीर, शिक्षण, निजामती कर्मचारी, परोपकार प्रसूति अस्पताल र काठमाडौं मेडिकल कलेज सिनामंगललाई खोप केन्द्र तोकिएको छ।
यता, विदेशमा जानेहरुको हकमा भने वीरेन्द्र सैनिक, नेपाल प्रहरी, शुक्रराज ट्रपिकल अस्पताल टेकु, निजामती कर्मचारी अस्पताल टेकु र सशस्त्र प्रहरी अस्पताल तोकिएको छ।
अन्यले भने काठमाडौं महानगरमा ३२ वटा वडाका खोप केन्द्रमा लगाउने सक्नेछन्।
सूचना-


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।