काठमाडौं– पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरि १२७९ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ र काठमाडौंमा ९०८ गरि कुल १२७९ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या १६ हजार २ सय ९८ जनामा गरिएको परीक्षणमा पुष्टि भएको हो।
सोही अवधिमा ३५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।