काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा चार हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २९८ नमुना परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो।
यसमा ११ हजार ३५४ जनाको आरटी पीसीआर र चार हजार ९४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार ९७५ र एन्टिजेनबाट एक हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।