काठमाडौं– भरतपुर अस्पताल सुधार गरेका डा रुद्र मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृत पदमा नियुक्त गरिएको छ।
सोमबार स्वास्थ्य मन्त्रालयले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै डा मरासिनीलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकृत पदमा नियुक्त गरिएको हो।
उनी चितवनको भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट समेत थिए। उनले भरतपुर अस्पतालमा रहँदा अस्पतालको सुधार गरेको भन्दै सम्मानित समेत भएका थिए। उनी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए।
यसअघि सो पदमा रहेका डा जागेश्वर गौतम विवादित भएपछि उनलाई थापाथलीमा रहेको प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।