काठमाडौं उपत्यकाको दृश्य, फाइल तस्वीर
काठमाडौं– काठमाडौं उपत्यकामा थप ७७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टामा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरी सोमबार थप ७७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौं जिल्लामा ५५६ जना संक्रमित थपिएका छन्। यस्तै, ललितपुरमा ११५ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन्।
सोमबार थपिएका संक्रमित समेत गरी काठमाडौं उपत्यकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८ हजार ८९५ पुगेको छ।
यस्तै, गत २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार १२५ संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।