काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो।
यसमा १० हजार ६१३ जनाको आरटी पीसीआर र तीन हजार १९८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट २ हजार २७९ र एन्टिजेनबाट ८४६ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९९ हजार ६४९ र एन्टिजेनबाट ६२ हजार ७८३ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ५८ हजार १२२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।