काठमाडौं– भुटानले दिने ३ लाख डोज एस्ट्राजेनेका खोप ज्येष्ठ नागरिकलाई लगाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले भुटानबाट प्राप्त हुने ३ लाख खो प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई दिइने बताए।
भुटानले आफ्नो देशका सबै नागरिकलाई लगाइसकेपछि उब्रिएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका नेपाललाई दिन लागेको हो।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो।
भुटानले अनुदानमा उपलब्ध गराउने एस्ट्राजेनेका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई लगाइने भएको हो।
एस्ट्राजेनेका र कोभिसिल्ड एउटै प्रकृतिका खोप हुन्।
भारतले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएपछि नेपालमा गत माघबाट खोप अभियान शुरु भएको थियो।
कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।