काठमाडौं– स्वास्थ्य सेवा विभागले ५० शय्याभन्दा माथिका सबै सरकारी अस्पताललाई व्यक्तिले खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ।
विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले सातै प्रदेशका स्वस्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका जिल्ला स्वास्थ्य कार्यलयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन्।
महानिर्देशक डा सिंहले खोप कार्ड प्रमाणीकरणका लागि बढीमा २ जनासम्म फोकल पर्सन (मेडिकल डाक्टर) तोक्नसमेत निर्देशन दिएको छ।
साथै सबै अस्पतालहरुलाई खोप लगाएका व्यक्तिको खोप प्रमाणीकरण नि:शुल्क गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।
विभागले आगामी भदौ १ गतेदेखि विदेश जाने नागरिकहरुका लागि लागि सूचना प्रमाणीकरण अग्रिम दर्ता गराएर मात्र खोप लगाउने र अन्य नागरिकको पनि सोही व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ।
यसअघि खोप लगाएका सम्पूर्ण व्यक्तिहरुको खोप लगाएपछि दर्ता अनिवार्य रुपमा गर्ने, खोप रजिष्टरमा जन्ममिति कैफियतमा लेख्ने, खोप केन्द्र व्यवस्थित गर्न कुपन वितरण गरी खोप केन्द्रको संख्या बढाउने गरी व्यवस्था मिलाउनसमेत विभागले निर्देशन दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।