काठमाडौं- काठमाडौं उपत्यकामा ८ हजार ७ सय ८७ जना सक्रिय संक्रमित पुगेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार उपत्यकामा ८ हजार ७ सय ८७ जना सक्रिय संक्रमित रहेका छन्।
काठमाडौंमात्रै ६ हजार ९८ संक्रमित रहेका छन्। यस्तै, ललितपुरमा १ हजार ५ सय ६४ र भक्तपुरमा १ हजार १ सय २५ जना सक्रिय संक्रमित छन्।
यस्तै आइतबार उपत्यकामा ८ सय ५१ जना संक्रमित थपिएका छन्।
काठमाडौंमा मात्रै ५ सय ९४ जना नयाँ संक्रमित थपिएका थिए। ललितपुरमा १ सय ६६ र भक्तपुरमा ९१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।