काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ५६ हजार १९७ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको छ।
यसमा ८ हजार ४०२ जनाको आरटी पीसीआर र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट १ हजार ९८१ र एन्टिजेनबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९७ हजार ३७० र एन्टिजेनबाट ६१ हजार ९३७ जनामा कोरोना पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।