काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५६८ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३६ जनाको परीक्षण गर्दा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको हो।
यसमा ८ हजार ४०२ जनाको आरटी पीसीआर र ४ हजार २३४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआरबाट १ हजार ९८१ र एन्टिजेनबाट ५८७ जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा नेपालमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या ९ हजार ८७५ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म पीसीआरबाट ६ लाख ९७ हजार ३७० र एन्टिजेनबाट ६१ हजार ९३७ जनामा कोरोना पुष्टि भएको छ। यस्तै, ६ लाख ५६ हजार १९७ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।