काठमाडौं - काठमाडौं जिल्लामा शनिबार ४६ हजार १९८ जनाले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएका लगाएका छन्।
६६ वटा खोप केन्द्रमध्ये शनिबार टोखा, तार्केश्वर र शंखरापुरबाहेक अन्य पालिकामा ५७ खोप केन्द्रमा खाे लगाइएकाे थियाे।
काठमाडौंमा साउन १४, १५ र १६ गते संचालन भएको खोप कार्यक्रममा एक लाख २४ हजार २१२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। १४ गते ३० हजार ७०८, १५ गते ४६ हजार ३०६ जनाले खोप लगाएका थिए।
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं महानगरपालिकाका हरेक वडामा एक/एक गरी ३२ र ७ वटा अस्पताल गरी ३९ वटा खोप केन्द्र संचालन भएका थिए।
काठमाडौं महानगरपालिकाले आज वडामा ५० वर्षभन्दा माथिका व्यक्ति, शिक्षक र चालकका लागि खोप केन्द्र तोकेको छ भने अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, प्रसुति गृह, काठमाडौं मेडिकल कलेज, सशस्त्र प्रहरी अस्पताल, शिक्षण र निजामति अस्पतालमा खोप केन्द्र तोकेको छ।
त्यसैगरी, विदेश काम गर्न जानेका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।