काठमाडौं- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५१९ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार १ हजार २०१ जनाको नमुना परीक्षण गरिएकामा ५१९ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये २१९ महिला र २५८ जना पुरुष रहेका छन्।
उनकाअनुसार कास्की २५५, बागलुङ ८, स्याङ्जा ३६, गोरखा ५७, लमजुङ २, तनहुँमा १०७ र नवलपुरमा ५४ जनामा संक्रमण देखिएको हो।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६७ हजार ७०२ पुगेको छ। यस्तै, प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ।
योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६ जना पुगेको छ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २२२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ६४८ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।