काठमाडौं- बारबरा फाउण्डेसनले कोभिड-१९ को उपचार, रोकथाम तथा नियन्त्रणमा विशेष योगदान गरेका विभिन्न संघ र व्यक्तिहरुलाई सम्मान गरेको छ।
शनिबार काडमाडौंका राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा संस्थागत, चिकित्सक, नर्सिङ, व्यवस्थापन/सार्वजनिक नीति, मेडिकल सपोर्ट र स्वास्थ्य सहयोगी कर्मचारीतर्फ गरी ६ विधामा सम्मान प्रदान गरेको हो।
फाउण्डेसनका कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहिृद घिमिरेले सम्मानका लागि एक करोड रुपैयाँ उपलब्ध गराएका थिए। सोही रकबाट पुरस्कार प्रदान गरिएको हो।
सम्मानका लागि निर्णायक समितिमा प्राडा भगवान कोइराला (अध्यक्ष, नेपाल मेडिकल काउन्सिल), डा लोचन कार्की (अध्यक्ष, नेपाल चिकित्सक संघ), प्रा मनकुमारी राई (अध्यक्ष, नेपाल नर्सिङ्ग संघ), दयालक्ष्मी वैद्य (एसोसियट प्रोफेसर, काठमाडौं विश्वविद्यालय) तथा पूर्वअध्यक्ष, नेपाल नर्सिङ्ग काउन्सिल तथा इ कुलमान घिसिङ्ग (पूर्व कार्यकारी निर्देशक नेपाल विद्युत प्राधिकरण) रहेका थिए।
यी हुन् सम्मानिन हुनेहरु








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।