काठमाडौं- उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय ७५ जना कोरोना संक्रमित थपिएका छन्।
उपत्यकाका विभिन्न प्रयोगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ७ सय ७५ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ५१७ जना छन्। यसैगरी भक्तपुरमा ९४ र ललितपुरमा १६४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।