काठमाडौं- श्रीलंका क्रिकेट बोर्डले 'बायो बबल्स' उल्लंघन गरेका राष्ट्रिय टोलीका तीन खेलाडीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ। गत जुनमा इंग्ल्यान्ड भ्रमण दौरान कोरोना भाइरसको प्रोटोकल उल्लंघन गरेको कारण उनीहरुलाई प्रतिबन्ध गरिएको हो।
बोर्डले उपकप्तान कुशल मेन्डिस, ओपनर दनुश्का गुनाथलिका र विकेटकिपर निरोशन डिक्वेलालाई अन्तर्राष्ट्रिय क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको हो।
यसका साथै तीनै खेलाडीलाई घरेलु क्रिकेटमा ६ महिनाको प्रतिबन्ध पनि लगाइएको छ। यस्तै, १० मिलियन श्रीलंकन रुपैयाँ जरिवाना सुनाइएको छ।
तीनै खेलाडी सार्वजनिक स्थान डुरहाम सिटी सेन्टरमा गएका थिए। सिटी सेन्टर पुगेको तस्बिर सामाजिक सञ्जालमा सावर्जनिक गरेपछि उनीहरु विवादमा आएका थिए।
भिडियोमा मेन्डिस र डिक्वेला देखिएपनि गुणाथिलका भने देखिएका थिएनन्। यी तीनै खेलाडी कुनैपनि जानकारी नदिइ होटल बाहिर निस्केको बोर्डले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।