काठमाडौं- एक होटलबाट २२० डोज कोरोनाविरुद्धको खोप भेरोसेलसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सनलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको निष्पक्ष छानबिन गरि दोषीमाथि कडा कारवाही गर्न माओवादी केन्द्रले माग गरेको छ।
माओवादीको बिर्तामोड नगर कमिटी, झापाले एक विज्ञप्ति प्रकाशन गरि कोभिड -१९ फोकल पर्सन खोपसहित संदिग्धरुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको स्वास्थ्यको मामिलामा अत्यन्तै गैर-जिम्मेवार रहेको पुष्टि भएको उल्लेख गरेको छ।
अत्यन्तै कम मात्रामा वितरण गर्ने भरपर्दो संयन्त्र नहुदा वृद्धवृद्धा, ज्येष्ठ नागरिकहरु घण्टौ लाइनमा बसेर खोप नपाई निराश हुँदै फर्कनु पर्ने टिठ लाग्दो परिस्थिती बनेको अवस्थामा सिङ्गो स्थानीय सरकार नै संगठित रुपमा यस्ता अनियमितता र कुकर्मको संरक्षणमा त छैन? भन्ने गम्भिर प्रश्न खडा खडा भएको मओवादीले जनाएको छ।
यस अघि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुन यस खालको गतिविधिमा संलग्न देखिँदा यस्तो प्रश्न उब्जिएको माओवादीको बिर्तामोड नगर कमिटीले उल्लेख गरेको छ। यस्ता घटनालाई ढाकछोप गर्ने, उनमुक्ति दिने र विभिन्न बहानाबाजिमा ओठे जवाफले आफ्ना आसेपासेको संरक्षण गर्ने प्रवृत्तिको विपक्षमा जनदवाव सृजना गर्न र खवरदारी गर्न माओवादीले अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।