काठमाडौं- पछिल्लो २४ घन्टामा थप १ हजार ८१६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न भागमा १ हजार ८ सय १६ जना कोरोना संक्रमणमुक्त भएका हुन्।
यससँगै अहिलेसम्म ६५२२६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलव १ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको छ भने २७ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।