काठमाडौं– काठमाडौं जिल्लामा बिहीबार ३० हजार ९८ जनाले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाएका छन्। काठमाडाैंमा ६६ वटा खोप केन्द्र ताेकिएकामध्ये बिहीबार ५६ खोप केन्द्र संचालन भएको थियो।विभिन्न कारणले टोखा, बूढानीलकण्ठ र चन्द्रागिरि नगरपालिकाका खाेप केन्द्रबाट भने पहिलाे दिन खाेप लगाइएन।
आजदेखि ६६ वटै खोप केन्द्रबाट खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ। बिहीबार काठमाडौं महानगरपालिकाको हरेक वडामा एक/एक गरी ३२ वटा र ७ वटा अस्पतालमा गरी ३९ खोप केन्द्र संचालन भएको थिए।
महानगरपाकिलाले वडाहरुमा ५० वर्षभन्दा माथिका व्यक्ति, शिक्षक र चालकहरुका लागि खोप केन्द्र तोकेको छ। भने अत्यावश्यक सेवामा कार्यरत व्यक्तिका लागि राधास्वामी आइसोलेसन सेन्टर, टेकु, वीर, शिक्षण र निजामति अस्पतालमा खोप केन्द्र तोकिएको छ।
त्यसैगरी, विदेशमा काम गर्न जानेका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।