काठमाडौं- चीनबाट कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप आज दिउँसो नेपाल आइपुग्दै छ।
नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोेज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने खाेप व्यवस्थापन महाशाखाका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए।
यसअघि साउन ९ गते नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएको थियो। सरकारले चीनसँग खरीद गरेको ४० लाख डोज खोपको अन्तिम खेप खोप आज आइपुग्न लागेको हो।
चीनबाट हालसम्म ४० लाख डोज खरीदमार्फत र १८ लाख डोज खोप अनुदानमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्। अब उक्त्त खाेप भने आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।