काठमाडौं– कोरोना संक्रमित बढेसँगै अर्घाखाँचीमा पूर्ण रुपमा निषेधाज्ञा हुने भएको छ। जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि साउन १६ गते राति १२ बजेदेखि लागू हुनेगरी पूर्ण रुपमा निषेधाज्ञा गरेको प्रशासन कार्यालयले जनाएको छ।
निषेधात्राको समयमा अत्यावश्यकबाहेक यातायात, बैंक तथा वित्तीय संस्थालगायत सबै क्षेत्र पूर्ण रुपमा बन्द हुनेछन्।
अत्यावश्यक पसल विहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुल्ने जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र अर्घाखाँचीको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए।
जिल्लामा हाल पाँच सय १९ जना सक्रिय संक्रमित रहेका छन्। कोराना संक्रमणबाट हालसम्म ७२ जनाको मृत्यु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।