काठमाडौ– ललितपुर महानगरपालिले आज (शुक्रबार)देखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गर्ने भएको छ।
महानगरले सूचना जारी गर्दै ४५ वर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने बताएको छ।
खोप कार्यक्रम साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने सूचनामा उल्लेख छ।
साथै, महानगरले साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।