जिल्ला प्रशासन कार्यालय झापा, फाइल तस्वीर
काठमाडौं– कोरोना भाइरस संक्रमण दर तीव्र रुपमा बढ्न थालेको भन्दै झापामा शनिबारदेखि पूर्ण रुपमा निषेधाज्ञा लागू हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले शनिबारदेखि पूर्ण रुपमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्ला कोभिड व्यवस्थापन समिति र पालिकाहरुको बैठकले साउन १६ देखि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको बताए।
संक्रमणको चेन ब्रेक गर्न जिल्लाभर कायम हुने गरी कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय भएको प्रजिअ तिम्सिनाको भनाइ छ। हाल जिल्लाका केही ठाउँमा पूर्ण र केही ठाउँमा आंशिक रुपमा सिल गरिएको छ।
जिल्लामा कोरोना भाइरसको तेस्रो भेरियन्ट देखिएको भन्दै सबै स्थानीय तहहरुले पूर्व तयारीमा जुट्ने निर्णय समेत बैठकले गरेको प्रजिअ तिम्सिनाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।