काठमाडौं– नेपालमा थप ३ हजार ६६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ५५५ जानाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ३३५ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ४ हजार ६८७ जनाको एन्टिजेन परीक्ष गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरी १६* जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।
*स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएकाको तथ्याङ्क सच्याएकाले समाचारमा सोहीअनुसार परिवर्तन गरिएको छ– सम्पादक
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।