• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

फेरि बढ्यो कोरोना संक्रमितको चाप, भरिन थाले अस्पतालका आईसीयू र भेन्टिलेटर

64x64
नेपाल लाइभ बिहीबार, साउन १४, २०७८  १३:३५
1140x725

काठमाडौं - बुधबार देशभर भेटिएका ३ हजार ८४० जना संक्रमित भेटिए। जसमध्ये ७७९ जना संक्रमित आईसीयू र भेन्टिलेटर छन्। यसअघि मंगलबार देशभर भेटिएका ३ हजार ८९९ जना  संक्रमितमध्ये ६११ आईसीयू र १७१ भेन्टिलेटरमा  थिए। 

पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। त्यसमा पनि सिकिस्त खालका बिरामीको संख्या पनि बढ्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एक साताको तथ्यांक हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको पुष्टि हुन्छ। आईसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या स्थिर देखिन्छ। 

 

एक साताको तथ्यांक
साउन ६ – २८३८ संक्रमित, ६२७ आईसीयू र १७१ भेन्टिलेटर
साउन ७ – २७१४ संक्रमित, ६३५ आईसीयू र १७२ भेन्टिलेटर
साउन ८ – २९७७ संक्रमित, ६८२ आईसीयू र १७५ भेन्टिलेटर
साउन ९ – ३११४ संक्रमित, ६५० आईसीयू र १६५ भेन्टिलेटर
साउन १० – २२३७ संक्रमित, ६६६ आईसीयू र १६८ भेन्टिलेटर
साउन ११ – ३४२१ संक्रमित, ६६९ आईसीयू र १६६ भेन्टिलेटर
साउन १२ – ३८९९ संक्रमित, ६११ आईसीयू र १७१ भेन्टिलेटर
साउन १३ – ३ हजार ८४०, ६११ आईसीयू र १६८ भेन्टिलेटर

कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौं उपत्यका पनि पुनः कोरोनाको जोखिममा फस्दै गएको छ। संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्या पनि भरिँदै गएका छन्। विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जानु तेस्रो लहरको संकेत भएको बताउन थालेका छन्। 

भरियाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडका लागि छुट्याइएको आईसीयू र भेन्टिलेटरमा भरिभराउ छ। अस्पतालले सिकिस्त बिरामीका लागि २४ आइसीयू, २२ वटा भेन्टिलेटर, कोभिड वार्ड ४०, स्पेशल क्याबिन १० शय्या छुट्याएको छ। 

बुधबार दिउँसोसम्मको तथ्यांक अनुसार शुक्रराज अस्पतालमा २० जना आईसीयू, १७ जना भेन्टिलेटर, ३८ जना कोभिड वार्ड र स्पेशल क्याबिनमा ७ जना उपचाररत छन्। 

बिरामीको संख्या र आवश्यकता अनुसार आईसीयूको संख्या २४ बाट २८ पुर्‍याउने तयारी गरिएको अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताए। हाल संक्रमितको संख्या बढ्दै गएको उनकाे भनाइ छ। शुक्रराज अस्पतालमा निषेधाज्ञा खुलेयता शय्या भरिभराउ नै थिए। उनले भने, ‘अस्पतालमा त बिरामी घटेको छैन। आइरहेका नै छन्। निषेधाज्ञा खुलेपछि पनि बिरामी आउने जाने क्रम थियो। हाल हप्ता १० दिनदेखि बिरामीको संख्या बढ्न सुरु गरेको छ।’

nimb
nimb
Ncell 2
Ncell 2

निषेधाज्ञा खुलेपछि अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड तथा चहलपहल बढेको कारण संक्रमण पुनः बढ्न थालेको उनी बताउँछन्। अव्यवस्थित भीडका कारण खोप केन्द्रबाट समेत धेरैजसो संक्रमित भएको हुन सक्ने उनले बताए। यही क्रममा संक्रमितको संख्या बढ्दै गए नेपाल तेस्रो लहरको भुमरीमा फस्ने उनले बताए। ‘संक्रमित यसरी नै बढ्दै गयो भने तेस्रो लहर पनि नेपालमा आउँछ,’ उनले भने। 

त्रिवि शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पतालमा पनि सिकिस्त खालका बिरामीको संख्या बढ्न थालेको छ। त्रिवि शिक्षण अस्पतालमा १०५ जना संक्रमित उपचाररत छन्। जसमध्ये ३० जनालाई आईसीयू र  १० जनालाई भेन्टिलेटरमा राखिएको डा निरज बमले बताए। 

कोभिडका लागि त्रिवि शिक्षण अस्पतालले भेन्टिलेटर सहित ३० आईसीयू र जनरल वार्डका लागि ८० शय्या छुट्याएको छ। एक सातादेखि कोरोना संक्रमितको संख्या बढ्न थालेको उनको अनुभव छ। 

संक्रमितको संख्या बढ्न थाल्नु तेस्रो लहरको सुरुवात भएको डा बमले संकेत गरे। उनले भने, ‘करिब एक सातादेखि संक्रमितको संख्या बढ्न थालेको छ। हाल दैनिक करिब २२ जना जति भर्ना हुने गरेका छन्। यो तेस्रो लहरको सुरुवात भएजस्तो लाग्छ।’

डा बमका अनुसार संक्रमितको संख्या बढ्नुको केही मुख्य कारणहरु छन्। 

पहिलो, सबैको पहुँचमा खोप नपुग्नु।

दोस्रो, जनस्वास्थ्यका मापदण्ड पालना नहुनु।

तेस्रो, लकडाउन खुलेपछि मानिसको चहलपहल र भीडभाड बढ्नु। 

‘खोप लगाउन, पीसीआर परीक्षण गर्न कति धेरै भीड छ। त्यही माथि लकडाउनपछि मानिसहरुको धेरै भीडभाड बढ्यो। जनस्वास्थ्यका मापदण्ड पालना भएन। त्यही कारण यो समस्या आएको हो।’ उनले भने। 

नेपाल एपीएफ अस्पताल
काठमाडौंको बलम्बुस्थित नेपाल एपीएफ अस्पताल कोरोना संक्रमितको उपचार हुने अस्पतालमध्ये एक हो। यहाँ हाल १४५ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये १० आईसीयू र ५ जना भेन्टिलेटरमा रहेको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपालले बताए। 

कोरोना संक्रमितको उपचारका लागि अस्पतालले २० आईसीयू र १२ भेन्टिलेटरसहित कुल २ सय शय्या छुट्याइएको छ। यो अस्पतालमा दैनिक करिब १० जना जति संक्रमित भर्ना हुने गरेका छन्। १० जना संक्रमित भर्ना हुँदा १ देखि २ जना संक्रमितलाई आईसीयू चाहिने गरेको उनले बताए। 

नेपाल निजामति अस्पताल
नेपाल निजामति अस्पतालमा छुट्याएको २२ वटा हाइकेयर शय्या सबै भरिएका छन्। आईसीयूमा १२ र भेन्टिलेटरमा २ जना उपचाररत रहेको अस्पतालका सूचना अधिकारी डा सुमनबाबु मरहट्टाले बताए। कोभिडको उपचारका लागि अस्पतालले १४ आईसीयू, २२ हाइकेयर र ३ वटा भेन्टिलेटर छुट्याएको छ। 

यहाँ पनि संक्रमितको संख्या बढ्न थालेको उनले बताए। उनले भने, ‘२/३ दिनदेखि संक्रमित बढ्न थालेका छन्। आईसीयू र भेन्टिलेटरमा त पहिले पनि खाली थिएन। तर अहिले कोभिड वार्ड र इमरजेन्सीमा आउने पनि बढ्न थालेको छ।’

योसहित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा हाल १२० जना संक्रमित भर्ना भई उपचारमा छन्। जसमध्ये २५ जना आईसीयूमा रहेको अस्पतालले जनाएको छ। काठमाडौं उपत्यकामा कोरोनाको उपचार हुने १२ वटा सरकारी अस्पतालमा १७१ आईसीयू र ६८ भेन्टिलेटरमा गरी २३९ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
सरकारी सफ्टवेयर विकास र सञ्चालनका लागि छुट्टै केन्द्र स्थापना हुँदै शुक्रबार, भदौ ५, २०८३
राप्रपाले माग्यो बागमतीका तीन मन्त्रीसँग ६ घण्टे स्पष्टिकरण शुक्रबार, भदौ ५, २०८३
दराजको होलोग्राम टाँसिएका कस्मेटिक सामान कागजातबिनै भेटिए, झन्डै एक करोडको सामानसहित चालक नियन्त्रणमा शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
देउवा–खड्काको रिटमा सर्वोच्च प्रशासनले भन्यो– ‘सोमबार आउनुस्’ शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्