complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जीन सिक्वेन्सिङ के हो? कसरी पत्ता लाग्छ भाइरसको म्युटेसन?

डा रूना झा बुधबार, साउन १३, २०७८  १८:४६
1140x725

के हो जीन सिक्वेन्सिङ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जीन सिक्वेन्सिङको नतिजा प्रकाशित गरेको थियो। साधारण भाषामा भन्नुपर्दा जीन सिक्वेन्सिङ भनेको भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने परीक्षण हो। पीसीआर परीक्षणमा कोरोना भाइरसको जीन शरीरमा छ कि छैन जाँच गरिन्छ भने सिक्वेन्सिङमा जीनको बनावटको अध्ययन गरिन्छ।

जीन सिक्वेन्सिङ किन गरिन्छ ?
कोराना भाइरसले आफ्नो जीनमा साना–साना परिवर्तन गरिरहन्छ। जसलाई म्युटेसन भनिन्छ। धेरै जस्तो म्युटेसनले कुनै पनि प्रभाव पार्दैन। तर, कहिलेकाहीँ यसरी भएको म्युटेसनले भाइरसको चरित्रमा ठूलो बदलाव ल्याइदिन्छ। जस्तै भाइरस बढी संक्रामक हुनसक्ने, छिट्टै फैलिन सक्ने, उपलब्ध औषधिले काम नगर्ने आदि हुन्।

भाइरसको परिवर्तित स्वरुपलाई नयाँ भेरियन्ट भनिन्छ। त्यसलाई विश्व स्वास्थ्य संगठनले एउटा नाम दिन्छ। नयाँ  भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ।

अहिले कोरोना भाइरसको अल्फा, बिटा, गामा र डेल्टा गरी ४ वटा भेरियन्ट अफ कन्सर्न छन् भने अरुलाई  भेरियन्ट अर्फ इन्ट्रेस्ट भनिन्छ। भाइरसमा भएका यस्ता म्युटेसनहरुलाई  पत्ता लगाउन जीन सिक्वेन्सिङ गरीन्छ र यसबाट भाइरसको नयाँ भेरियन्ट आएको वा नआएको तथा सो भेरियन्ट भेरियन्ट अफ कन्सर्न भएको वा नभएको पत्ता लाग्न मद्दत हुन्छ।

जीन सिक्वेन्सिङका लागि नमुना छनोट कसरी गरिन्छ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हालसम्म १४९ वटा नमुनाको जीन सिक्वेन्सिङ गराइसकिएको छ। विगत ३ महिनादेखि नियमित रुपमा सिक्वेन्सिङ गराउने कार्य भइरहेको छ।

यसमा नमुना छनोट गर्दा सिटी भ्यालु २५ वा सो भन्दा कम भएको नमुना मात्र लिन्छौं। कतै आउटब्रेक भएको देखियो, विदेशबाट आएको देखियो, भ्याक्सिन लगाएपछि संक्रमण देखियो, बिरामी बढी अप्रत्यासित रुपमा सिकिस्त भए वा अन्य कुनै विशेष वा फरक लक्षण देखिएका नमुनालाई जीन सिक्वेन्सिङका लागि प्राथमिकता दिएर छानिन्छ।

साथै विभिन्न उमेर र सातै प्रदेशका प्रतिनिधित्व हुने गरी नमुना छनोट गरिन्छ।  सिक्वेन्सिङको नतिजा प्राप्त भएपश्चात त्यसलाई ‘ग्लोबल इनिसिएटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा डेटा’ (जीसेड) भन्ने  अन्तर्राष्ट्रिय वेबसाइडमा बिरामीको पहिचान नखुल्ने गरी उपलब्ध गराइन्छ, त्यसपछि यो डेटा सबैले हेर्न मिल्ने र त्यसमा थप अध्ययन, अनुसन्धान गर्न मिल्ने हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

हाल जीसेडमा १८९ देशका झण्डै २५ लाख कोरोना भाइरस सिक्वेन्सिङकमा डेटा उपलब्ध छ।

यसरी उपलब्ध सिक्वेन्सका अध्ययनले परीक्षणका लागि रिएजेन्ट किट बनाउन, औषधि तथा भ्याक्सिन बनाउन जानकारी प्राप्त हुन्छ। सिक्वेन्सिङले समुदायमा कस्तो खालको कोरोना फैलिएको हो सो को निगरानी गर्न मद्दत गर्ने हुनाले हरेक व्यक्तिको सिक्वेन्सिङ गर्नु आवश्यक छैन। यो खर्चिलो परीक्षण पनि छ। एउटा नमुनाको सिक्वेन्सिङ गर्न ६० हजार रुपैयाँसम्म पर्न सक्छ। छिट्टै सरकारी प्रयोगशालाबाटै यो सेवा सुरु गर्न द्रुत गतिमा काम अघि बढाइएको छ।

सुरु–सुरुमा नेपालमा कोरोना भाइरसको वाइल्ड टाइप भाइरस हो। त्यो बाहेक नेपालमा विभिन्न समयमा अल्फा, डेल्टा र कापा भेरियन्ट देखिएको छ। कोरोनाको दोस्रो लहरको सुरुवाती दिनमा अल्फा भेरियन्ट देखिएपनि त्यसलाई छिट्टै डेल्टा भेरियन्टले विस्थापित गर्‍यो। स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणका अनुसार परीक्षणका लागि छानिएका सतप्रशित नमुनामा डेल्टा भेरियन्ट नै देखिएका छ।

त्योमध्ये ६ प्रतिशत नमुनामा डेल्टा भेरियन्टको उत्परिवर्तन के४१७एन (k417n) नामक म्युटेसन छ। यो म्युटेसनलाई बोलिचालिको भाषामा डेल्टा प्लस भन्ने गरिन्छ। डेल्टा भेरियन्ट विश्वको १३२ देशहरुबाट र डेल्टा प्लस ९ वटा देशहरुबाट रिपोर्ट भइसकेको अवस्था छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अहिलेसम्मको भरियन्टमध्ये डेल्टा भेरियन्ट सबैभन्दा छिटो फैलिने भेरियन्ट भएको प्रमाणहरुले देखाउँछ। त्यसैले पनि दोस्रो लहरमा हामी पहिलो लहरमा भन्दा बढी प्रभावित भएका छौं। परिवारमा एक सदस्यलाई संक्रमण भएपछि पहिला संक्रमण भएका बाहेक सबै सदस्य संक्रमण भएको दोस्रो लहरमा देखिएको थियो।

यो भेरियन्टविरुद्ध अहिलेको भ्याक्सिनले काम गर्छ?
अहिलेसम्म उपलब्ध भएका सबै भ्याक्सिनहरुले डेल्टा भेरियन्टबाट पनि सुरक्षा दिन्छ। तर, भ्याक्सिनहरुको पनि प्रभाव सीमित भएकाले सबैले जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा कडाइका साथ पालना गर्नुहुन, मास्कको प्रयोग र बारम्बार साबुनपानीले हात धुन आग्रह गर्दछौं।

(राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झाले बुधबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा व्यक्त गरेको जानकारी।)

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १८:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि...
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई अफ्रिकाबाट २ करोड ११ लाख सहयोग बिहीबार, असोज २९, २०८३
दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर बिहीबार, असोज २९, २०८३
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्