काठमाडौं- नेपाललगायत कोरोनासँग जुधिरहेका देशहरूलाई तत्काल खोप उपलब्ध गराउन एम्नेस्टी इन्टरनेसनल र अभिनेता माइकल पेलिनले बेलायती सरकारलाई आग्रह गरेका छन्।
विनाशकारी स्वास्थ्य संकटसँग जुधिरहेका बेला जुनसुकै ठाउँका भएपनि सबैभन्दा जोखिममा रहेकाहरूलको जीवन बचाउन खोप सुनिश्चित गर्नका लागि तत्काल पुन: वितरण गर्न आह्वान गरिएको हो।
नेपालमा १४ लाख भन्दा बढी जोखिममा रहेका व्यक्तिहरूले मार्चमा अक्सफोर्ड-एस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएका थिए। उनीहरूले जुन महिनाको अन्त्यतिर दोस्रो डोज लगाउनु पर्ने भएपनि खोपको विश्वव्यापी अभावले गर्दा नेपालमा खोपको अपेक्षित आपूर्ति हुन नसकेको बताइएको छ।
विश्वले पर्याप्त सहयोग नगरेसम्म कोभिड–१९ खोपको पहुँचमा भएको अभावले नेपाल र अन्य धेरै देशहरूलाई कोभिड–१९ विरुद्धको लडाईंमा पछाडि पार्ने विज्ञप्तिमा भनिएको छ।
मैले नेपाल भ्रमण गरेको छु र त्यहाँका धेरै मानिसहरूलाई भेटेको छु। नेपालमा दश लाखभन्दा बढीको ज्यान जोखिममा रहेको कुरा थाहा पाउँदा म विक्षिप्त भएको छु', एम्नेस्टीको आह्वानमा साथ दिएका माइकल पेलिनले भनेका छन्, 'सबैभन्दा जोखिममा रहेकाहरूले अझै पनि कोभिड-१९ विरुद्धको खोपमा पहुँच पाउन नसकिरहेको नेपाल र अन्य देशहरूमा आफ्नो खोप तुरुन्तै आपूर्ति गर्न म बेलायती सरकारलाई आह्वान गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।