काठमाडौं– कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ आएको भनिएको दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ। यहाँ संक्रमितको संख्या बढेर हरेक दिन नयाँ नयाँ रेकर्डमा पुगेको देखिएको छ। यहाँ गएको २४ घन्टामा पनि अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका बताइएको छ।
यहाँका अधिकारीले मंगलबार यहाँ १ हजार ८९६ जना कोरोना भाइरसका संक्रमित पाइएको बताएका समाचारमा उल्लेख छ। यो संख्या कोरियामा एकै दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड–१९ का संक्रमित एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन्।
पछिल्लो थपिएका संख्यासँगै कोरियामा संक्रमितको कुल संख्या १ लाख ९३ हजारभन्दा बढी पुगेको छ। यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टा यतामात्र यतिधेरै सङ्क्रमित थपिएका हुन्।
यसअघि नै दक्षिण कोरियामा कोभिड संक्रमणको चौथो वेभ सुरु भइसकेको बताइएको छ।
कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोप अभियानलाई ब्यापक बनाएको जनाएको छ। पछिल्लो समयमा संक्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झनै तीव्र बनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।