काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको तेस्रो लहर आउने सम्भावना रहेको भन्दै केन्द्र र प्रदेशहरुमा अक्सिजन मौज्दात राख्न आग्रह गरेको छ।
मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई समाना गर्न प्रत्येक प्रदेशमा आकस्मिक मौज्दातका रुपमा कम्तीमा एक हजार र केन्द्रमा दुई हजार सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो।
मन्त्रालयले संघमा स्वास्थ्य सेवा विभागमा र प्रदेशमा प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पत्र समेत पठाइसकेको छ। मन्त्रालयले खाली रहेका सिलिण्डरहरुसमेत भरेर राख्न निर्देशन दिएको छ।
यसका साथै मन्त्रालयले अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा कन्सनट्रेटरहरु चुस्त र चालु अवस्थामा राख्न पनि निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।