काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले थप कोरोनाविरुद्धकाे खोप उपलब्ध गराइदिन अमेरिकी राजदूत र्याण्डी बेरीलाई आग्रह गरेका छन्।
गृह मन्त्रालयमा सोमबार भएको भेटमा गृहमन्त्री खाणले कोरोना महामारी नियन्त्रणका लागि थप खोप उपलब्ध गराइदिन आग्रह गरेको उनका निजी सचिव नरेन्द्र केसीले जानकारी दिए।
उनका अनुसार अमेरिकाले आर्थिक वृद्धि, प्रकोप नियन्त्रण र कोरोना महामारीबाट बच्नका लागि दिँदै आएको सहयोगलाई निरन्तरताको अपेक्षा गृहमन्त्री खाणले राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।