काठमाडौं- काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या साढे ७ हजार नाघेको छ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा ७ हजार ६१५ सक्रिय कोरोना संक्रमित छन्।
जसमध्ये काठमाडौंमा मात्रै ५ हजार ६१५ संक्रिय संक्रमित रहेका छन्। यता, भक्तपुरमा ९१० र ललितपुरमा १ हजार ८९ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ सय २४ जनामा कोरोना संक्रमित थपिएका थिए।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ संक्रमित फेला परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।