काठमाडाैं- कर्णालीमा पछिल्लाे २४ घण्टामा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २४ जनामा कोरोना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हाे।
८८ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २६ जनामा र ३३ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
शनिबार जुम्लामा सबैभन्दा धेरै कालिकोटमा १४, जुम्लामा १०, मुगुमा ५, दैलेखमा ४,जाजरकोटमा ३ र अन्य ३ जनामा कोरोना देखिएको छ।
यस्तै, प्रदेशमा थप ९१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कोरोनामुक्त हुनेको संख्या कर्णालीमा २७ हजार ७ सय २८ जना पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।