काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ४२० जनामा कोरोना संक्रमित थपिएका छन्।
प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार १७८ जनाको नमुना परीक्षण गरिएकामा ४२० जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १८९ महिला र २३१ जना पुरुष रहेका छन्।
उनका अनुसार कास्की १५७, बागलुङ ४६, स्याङ्जा ५०, म्यादी १९, पर्वत १६, गोरखा ५३, लमजुङ १४, तनहुँमा १२ र नवलपुरमा ५३ जनामा संक्रमण पुष्टि भएकाे छ। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६३ हजार ६१५ पुगेको छ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४६ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।