काठमाडाैं- काठमाडाैं उपत्यकामा पछिल्लाे २४ घण्टामा ६१३ काेराेना संक्रमित फेला परेका छन्।
पछिल्लाे २४ घण्टामा उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेन परीक्षणबाट ६१३ संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हाे।
थपिएका संक्रमितमध्ये काठमाडाैंका सबैभन्दा बढी ४१० जना रहेका छन्। यसैगरी भक्तपुरमा ६९ र ललितपुरमा १३४ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।