काठमाडाैं- गण्डकी प्रदेशमा पछिल्लाे २४ घण्टामा थप ४७१ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३२ जनाको नमुना परीक्षण गरिएकामा ४७१ जनामा संक्रमण देखिएको हो। संक्रमितमध्ये २३५ महिला र २३६ जना पुरुष रहेका छन्।
उनका अनुसार कास्की २७४, बागलुङ ३१, स्याङ्जा २१, म्यादी ७, पर्वत ५, गोरखा २२, लमजुङ ३, तनहुँमा ३४ र नवलपुरमा ५७ जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६३ हजार १९५ पुगेको छ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ९२२ जना पुगेको निर्देशनालयले जानकारी दिएको छ।
गण्डकीमा पछिल्लाे २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ। योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४४ जना पुगेको छ।
यस्तै, गण्डकीमा पछिल्लो २४ घण्टामा ६५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या ५९ हजार २२९ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।