काठमाडौं- सरकारले खोप लगाउने लक्षित समूहको सूचीमा राखेको शरणार्थीलाई पनि खोप लगाउन थालेको छ। जावलाखेलको शरणार्थी क्याम्पमा जोन्सन एन्ड जोन्सनको खोप लगाउन थालिएको हो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमका अनुसार खोप लगाउन सुरु भइसकेको छ। उक्त शिविरमा तीन सय जनालाई खोप लगाइने उनले जानकारी दिए।
सरकारले सोमबारदेखि जोन्सन एन्ड जोन्सनको खोप लगाउन सुरु गरेको थियो। यो खोप ५० देखि ५४ वर्ष उमेर समूह, पूर्ण तथा अति अशक्त अपांग (क र ख वर्ग), नेपालमा बसोबास गरिरहेका शरणार्थी तथा यस अघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई लगाइएको हो।
अमेरिकाले कोभ्याक्स सुविधा मार्फत नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन खोप उपलब्ध गराएको थियो। उक्त खोप एक डोज मात्र लगाए पुग्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।