काठमाडौं– चीनबाट आज कोरोना भाइरसविरुद्धको थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै छ।
बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्कन लागेको हो। आठ लाख डोज खोप लिएर वाइडबडी जहाज दिउँसो काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ।
यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो।
खोप ल्याएर जहाज आज पुनः खोप ल्याउन जहाज बेइजिङ जाने कार्यतालिका रहेको छ। यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ।
चीनबाट अबको तीन दिनभित्र २५ लाख खोप आउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
चीनबाट भेरोसेल खोप खरीद गरेर ल्याउन लागिएको हो। यसअघि चीनले १८ लाख खोप अनुदानमा दिएको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटामा चिनियाँ राजदूरत होउ यान्छीले थप १६ लाख खोप अनुदानमा दिन लागेको बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।